पछिल्लो २४ घण्टामा २०६५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
१३ हजार ११७ नमुना परीक्षण गर्दा १५७७ जनामा पीसीआर र ४७७ जनामा एन्टीजेन विधिमार्फत संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट १० हजार ६६३ जनाको मृत्यु भएको छ ।
शुक्रबार २३३७ संक्रमित निको भएका छन् । हालसम्म ९३.५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार हाल ३७ हजार ५९९ सक्रिय संक्रमित छन् ।
हाल ६२२ संक्रमित सघन उपचार कक्षमा, १७१ संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
शुक्रबार काठमाडौंमा ४५४, कास्कीका १८१, ललितपुरका १६९, मोरङमा ११२ संक्रमित थपिएका छन् । अन्य जिल्ला एक सयभन्दा कम संक्रमित थपिएका छन् ।