नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् ।
अहिले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् । शुक्रबार बबरमहलमा रहेको आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खँर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे ।
उनले भने, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नु हुन्छ अनि कुरा राख्छौँ । जाने÷नजाने कुरा त मैले भनिसकेँ नि । हामी कति चोटि भेटिसकेका छौँ नि, सामूहिक रूपमा पनि भेटिराखेका छौँ । अलग–अलग पनि भेटेका छौँ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकि हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यी कुराहरू पनि उठ्ला वा शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी यो विषयमा कुरा गर्छाैँ ।’
अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरी नसकेको बताए ।