राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधान सेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाको प्रधान सेनापतिमा शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७८÷५÷२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ ।’