प्रदेश नं २ का मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य लालबाबु राउत सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि लोकतान्त्रिक हुन नसक्ने बताएका छन्।
जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरणमा उनले अश्वासनै आश्वासनको पछि लाग्ने पनि प्रतिगामी भएको धारणा राखे। "प्रदेश सरकारलाई असहयोग गर्ने र सङ्घीयतालाई समाप्त गर्न खोज्नेसँग प्रिय बन्न खोज्नु आश्चर्य हो" मुख्यमन्त्री राउतकाे बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकार शहीद परिवारको मुद्दालाई सम्बोधन गर्न गम्भीर रहेको बताउँदै यथाशीघ्र शहीद परिवारको भरणपोषणकार्य सुरु गर्ने समेत जानकारी दिए।