प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार बिहान भेटघाट भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डका स्वकीय सचिव गंगा दाहालका अनुसार भेटघाटको क्रममा सरकारलाई यथाशिघ्र पुर्णता दिनेबारे छलफल भएको छ ।
देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भनेर आलोचना भइरहेको छ ।
तत्कालीन नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालका कारण मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको बताइँदै आइएको थियो । उनले नयाँ पार्टी दर्ता गरेसँगै मन्त्रिपरिषद् विस्तारका तयारी गरिएको छ ।