नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चुन्दै छ ।
त्यसका लागि आइतबार संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्दैछ । उक्त बैठकले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि चुन्ने छ ।
तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । उक्त पार्टीले ९ भदौमा दल दर्ताको प्रमाणपत्र पाएको थियो ।
एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।