नेकपा एकीकृत समाजवादी पार्टीको दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत चयन गरेको हो । स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।
बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर र लक्ष्मी चौधरी छन् । एकजना राष्ट्रिय सभाबाट चयन हुनेछन् ।
तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । उक्त पार्टीले ९ भदौमा दल दर्ताको प्रमाणपत्र पाएको थियो ।
एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।