देशभर ६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
असार २१ देखि साउन ३० सम्म ६ महिना भन्दा बढी उमेरका १३ हजार १६१ जनाको परीक्षण गर्दा ६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी भेटिएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै, कोरोनाविरुद्धको पहिलो डोज लगाएका व्यक्तिमा ८० प्रतिशत र दुबै डोज लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टीबडी देखिएको मन्त्रालयले जनाएको छ ।
यसले नेपालमा लगाइरहेका खोपहरु अन्त्यन्त प्रभावकारी रहेको देखिएको मन्त्रालयको दाबी छ ।