नेता प्रदीप नेपालले नेकपा एकीकृत समाजवादी पार्टी छाडेका छन् ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी छाडेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई झेली भएको आरोप लगाएका छन् ।
उनले बारम्बारको कुराकानीमा नेपालसँग जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको तर नेपालले त्यो नमानेको गुनासो गरेका छन् ।
उनले भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’