नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।
मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यमा सुधार आएपछि सोमबार स्वदेश फर्किएका हुन । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले स्वागत गरे ।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा खनालले आफू पूर्ण रुपमा निको भएको बताए ।
उनले उपचारमा सहयोग गरेको भन्दै निवर्तमान प्रधानमन्त्री केपी ओली, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए ।
उनले आफूले नयाँ जीवन ‘वोनस प्राप्त’ गरेको र बाँकी जीवन संविधान रक्षा, राष्ट्रिय एकता र कम्युनिष्ट आन्दोलनका लागि खर्चने बताए । आफू ७१ वर्ष पुगिसकेको भन्दै उनले अब कार्यकारी पद माग नगर्ने घोषणा गरे ।
केपी ओली अध्यक्ष रहेको नेकपा एमाले दक्षिणपन्थी, अवसरवाद, व्यक्ति र गुटवादी पार्टी खनालले आरोप लगाए । खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताए ।