मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक मंगलबार पनि बसिरहेको छ ।
बैठकमा कुन मन्त्रालय कसले पाउने विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार मंगलबार कुन मन्त्रालय कसले पाउने विषय टुंगो लगाइनेछ ।
त्यसपछि मन्त्रालयको संख्या टुंगो लगाएर सबैले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको टुंगो लगाउने बताइएको छ । आकांक्षी धेरै हँदै दलहरूलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएको छ ।
बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ ।