नेपाली कांग्रेसका नेता धनराज गुरुङले निर्देशन दिँदैमा फोहोर व्यवस्थापन नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा महनगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले सडक विभागलाई तत्काल सिसाडोल जाने सडक निर्माण गर्न निर्देशन दिएका छन् ।
त्यसतर्फ संकेत गर्दै गुरुङले निर्देशन दिँदैमा फोहोर व्यवस्थापन नहुने बताएका छन् । उनले फोहोरलाई मोहर बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘मैले ‘फोहोरलाई मोहर बनाऔं भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ । फोहोर समस्या हैन समाधान हो ।’
उनले काठमाडौं उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिने उल्लेख गरेका छन् ।