पछिल्लो २४ घण्टामा थप १६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २२२ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।
मंगलबार १७८७ संक्रमित निको भएका छन् । हालसम्म ९३.९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
हाल ३५ हजार ५९१ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५३७ संक्रमित आईसीयुमा, १७४ संक्रमित भेन्टिलेटरमा उपचाररत् छन् ।
आज तीन जिल्लामा मात्रै एक सय बढी संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ४१३, कास्कीमा १२६ र झापामा १३६ संक्रमित थपिएका छन् ।