भारत जयपुरको मोहान पुलिस स्टेशन क्षेत्रमा प्रेम सम्बन्धको कारण एक व्यक्तिको हत्या गरीएको छ।
उक्त घटना तब भयो जब एक महिलाको दुई प्रेमी र महिलाको श्रीमानको प्रेमिका सबै एकसाथ आमने सामने आए। उनीहरु बिच भएको झगडामा एक महिला गम्भीर घाइते भएकी छिन्। जसको उपचार भइरहेको छ।
मुहाना प्रहरी स्टेशनका अधिकारी लखन सिंह खटानाले मुहाना मण्डी कम्प्लेक्समा रामजान शर्माको चिया पसल नजिक एक महिला र पुुरुष घाइते अवस्थामा भएको जानकारी प्राप्त भएको बताए। प्रहरी घटनास्थल पुगेर दुबैलाई उपचारका लागि अस्पताल लगे जहाँ डाक्टरले ती व्यक्तिलाई मृत घोषित गरे।
गंगापुर शहर निवासी बसन्ती रायगर आफ्नो श्रीमान् कन्हैया रायगर र बच्चासँग मुहाना मण्डी क्षेत्रमा बस्थीन्। सोमबार राती घाइते महिला बसन्तीको प्रेमिका मुकेश शर्मा मुहाना आएका थिए, यसैक्रममा बसन्तीको अर्को प्रेमी मोहन्या ढाकड पनि त्यहाँ आइपुगे। केहि समय पछि बसन्तीका श्रीमान् कन्हैयाकी पे्रमिका कमली बावरिया पनि मण्डी परिसरमा आए।
ती सबै रक्सीको नशामा धुत थिए , जब सबैको अचानक एकै ठाउँमा भेट भयो, त्यहाँ आपसी विवाद सुरु भयो। झडगाका क्रममा बसन्ती गम्भीर रुपमा घाइते भईन् भने उनको प्रेमी मोहन्या ढाकडको मृत्यु भयो। प्रहरीले बसन्तीका श्रीमान् कन्हैया र उनकी प्रेमिका कमली बावरियालाई पक्राउ गरेको छ, भने घाइते महिला बसन्तीको २ बर्षीय छोरीलाई सहायता केन्द्रमा हेरचाहको लागि पठाएको छ।
बसन्तीको अर्को प्रेमि मुकेश शर्मा भने फरार छन् जसको खोजी प्रहरी गरीरहेको छ।