लामो समयदेखी अस्वस्थ्य रहेकी मोडल तथा कलाकार निशा घिमिरेको बुधबार साँझ निधन भएको छ।
नर्भिक अस्पतालमा उपचारका क्रममा रहेकी उनको साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। उनले भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी थिइन।
उनले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन। अभिनयमा डिप्लोमा कोर्स गर्न साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन।