नेकपा मोओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान भएको करिब २० मिनेट लामो छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा कुराकानी भएको थियो।
आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो। सो भेटमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा कुराकानी भएको थियो।
नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पुर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन।