लोकप्रिय बलिउड तथा टिभी अभिनेता सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण मृत्यु भएको छ ।
बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि अस्पताल पुग्न अघि उनको मृत्यु भएको थियो ।
उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए ।
उनले सन् २०१४ मा ‘हम्टी शर्माकी दुल्हनियाँ’मा साहयक अभिनेताको भूमिका गरेका थिए ।
सिद्धार्थकी आमा र दुई बहिनी छन् ।