गायक शिव परियारको स्वर रहेको ‘तड्पी तड्पी’ बोलेको गीत सार्वजनिक भएको छ। गीत भिडियोसहित बुधबार आहा टिभीको आधिकारीक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा शुवास कार्कीको शब्द–संगीत रहेको छ।
भिडियोमा चिरञ्जीवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ भने सिर्जन बरालको निर्देशन रहेको छ।
भिडियोमा आफ्नी श्रीमतीको अर्कैसँग सम्बन्ध भएका कारण चिरञ्जीवीलाई तनाव भएको देखाइएको छ। श्रीमतीको परपुरुषसँग अनैतिक सम्बन्धका कारण उनी तनावमा आएर श्रीमतीको हत्या गर्छन् र श्रीमतीको शव बोकी पुलिस कहाँ गएर आत्मसमर्पण गर्छन्।
जेलमा उनी पागल हुन्छन्।