प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना सांसद र सांसद डिल्ली उप्रेतीले दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन् ।
सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले शुक्रबार सनाखत गर्ने बताइएको छ ।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । अब एमालेमा १० जना सांसद रहेका छन् ।
सनाखत गराउने सांसदहरु
१) शत्रुधन महतो
२) अशोक यादव
३) प्रमोद यादव
४) मदनसेन श्रीवास्तव
५) नागेन्द्र यादव
६) गोविन्द न्यौपाने
७) रवीन्द्र बैठा
८) मञ्जु यादव
९) हसिना खातुन
१०) बेची लुङ्गेली
११) दिल्ली उप्रेती