पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
बिहीबार १८ सय ४६ जना निको भएका छन् । नेपालमा हालसम्म ९४.२ प्रतिशत संक्रमित निको भएका छन् ।
आज कोरोना संक्रमणबाट१६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।
हाल देशभर रहेको ३३ हजार ९४६ सक्रिय सङ्क्रमितमध्ये ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।