साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकले घटेको छ।
आज बजार ५०।२८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९२६।७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८।९ अंकले घटेर ५४१।७८ को विन्दुमा ओर्लेको छ भने कारोबार साढे ९ अर्ब बढीको भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२।३४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३२ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको २३ करोड ३१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १० लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १९ करोड २४ लाख रुपैयाँ, नेपाल बैंकको १९ करोड १ लाख रुपैयाँ, अरुण काबेली पावरको १७ करोड ७७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुई कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। सानिमा लाइफको सेयरभाउ १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको सेयरभाउ पनि ६ प्रतिशत बढीले घटेको छ।