नेकपा एमालेले जयसिंह धामी प्रकरणमा छानविन समितिले बुझाएको प्रतिवेदन अस्पष्ट रहेको आरोप लगाएको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक विज्ञप्ति जारी गर्दैै सरकार नै घटना थामथुम पार्ने प्रयासमा लागेको आरोप समेत लगाएका छन् ।
नेपाली नागरिक वेपत्ता पारिएको घटनामा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले जनताको ध्यान अन्यन्त्रै मोड्न खोजेको आंशका एमालेले गरेको छ ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेको छ ।
महाकारी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाएपछि धामस् साउन १५ गते वेपत्ता भएका थिए ।