नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालमा खेलमा नेपाल र भारतले १÷१ गोल गरे ।
खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल गरेको थियो । खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा भारतले गोल गर्दै खेल बराबराीमा फर्काएको थियो । कप्तान सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका थिए । त्यसपछि दुबै टीमले गोल गर्न सकेनन् ।
नेपाल र भारतीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।