शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन फेकनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन्।
बैदेशिक अध्ययनका लागि भिसा पाईसकेका विद्यार्थीहरुलाई सम्बन्धित राष्ट्रमा पठाउने व्यवस्था मिलाउन माग गर्दै उनीहरुले बिहिबार राज्यमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएका हुन्।
‘सबै प्रकारको खोप लगाएकालाई पनि उक्त देशको प्रवेश अनुमति पाउने व्यवस्थाको पहल गरिदिन तथा भ्याक्सिन पासपोर्ट जारि गरेका मुलुकहरुमा नेपाली विद्यार्थीलाई सहभागी गराउन भ्याक्सिन पासपोर्टको ब्यवस्था गरि सहज रुपमा ती देशहरुमामा जाने वातावरण मिलाईदिन अनुरोध गरेका छौँ,’ फेकनका प्रवक्ता इन्द्रजित गौतमले भने।
जवाफमा राज्ष्मन्त्री श्रेष्ठले सकरात्मक प्रतिकृया दिँदै यस सम्बन्धमा आवश्यक पहलकदमी लिने बताएको प्रवक्ता गौतमले जानकारी दिए।
कोरोनाभाइरसले निम्तएको महामारीका कारण अहिले शैक्षिक परामर्श व्यवसाय संकटग्रस्त बनेको छ भने भिसा पाइसकेका विद्यार्थीहरु समेत समबन्धित मुलुकमा जान नपाउने अवस्था छ। ‘विद्यार्थीहरुको सहजताको लागि सरकारले यस विषयमा चासो दिनुपर्छ। त्यसैको लागि ध्यानाकर्षण गराएका हौ,’ प्रवक्ता गौतमले भने।