अमेरिकी सहयोग परियोजना एमसीसीको विराधे गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
एमसीसी खारेज गर्न माग गर्दै उनीहरूले दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका १० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा उक्त परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ । तर, त्यसबारे राजनीतक सहमति हुन सकेको छैन । जसकारण एमसीसी झन विवाददि बन्दै गइरहेको छ भने त्यसको विरोध भइरहेको छ ।
सम्बन्धित समाचारः
एमसीसीबारे टेलिभिजनमा विज्ञापनः सर्वत्र विरोध, प्रसारण नरोके बहिष्कार गर्ने चेतावनी