चिनियाँ टेक कम्पनी ओप्पोले हालै नेपाली बजारमा आफ्नो ए-सिरिज अन्तर्गत नयाँ बजेट स्मार्टफाेन सार्वजनकि गरेको छ। कम्पनीले ‘ओप्पो ए१६’ स्मार्टफोन नेपाली बजारमा ल्याएको हाे।
पछिल्लाे केहि बर्ष देखि नेपालमा पनि ओप्पो स्मार्टफोनकाे क्रेज बढ्दै आइहेको छ। वास्तवमा यो स्मार्टफोन अघिल्लो बर्ष सार्वजनकि भएकाे ओप्पो ए१५ सँग मिल्दाेजुल्दाे देखिन्छ। तर आन्तरिक डिजाइनमा भने केहि भिन्नताहरू पाइन्छन्। यहाँ, हामी ओप्पो ए१६ को प्रमुख विशेषताहरु र यसको आधिकारिक मूल्यको बारेमा चर्चा गर्ने छाैँ।
डिस्प्ले र पर्फमेन्स
ओप्पो ए१६ मा ७२० x १६०० पिक्सेल रिजोलुशन रहेको ६.५२ इन्चको एचडिप्लस आई केयर डिस्प्ले राखिएको छ। याे फोनको रिफ्रेश रेट ९० हर्ज (90Hz) र स्क्रिन ब्राइटनेस ४०० निट्स रहेकाे छ।
स्पीड तथा मल्टीटास्किङकाे लागि याे स्मार्टफाेनमा अक्टा कोर हिलियाे जी ३५ (Helio G35) प्रोसेसर चिपसेट दिइएको छ। एन्ड्रोइड ११ मा आधारित ओप्पो ए१६ कलरआेएस ११.१ (ColorOS 11.1) अपरेटिङ सिस्टममा चल्दछ। याे स्मार्टफाेनमा सिस्टमबुस्टर र गेम एशिस्टेन्स् जस्ता विशेषताहरू रहेका छन्, जसकारण प्रयोगकर्ताले आफूलाइ मनपर्ने गेमहरू खेल्दा अत्यन्त कम पावर खपत गर्दछ।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका यसमा ट्रिपल एआई क्यामेरा सेटअप रहेकाे छ। जसमध्ये १३ मेगापिक्सेलकाे प्राइमरी क्यामेरा, २ मेगापिक्सेल डेप्थ (बोके) र २ मेगापिक्सेल म्याक्रो क्यामेरा उपलब्ध गराएको छ। सेल्फीकाे लागि यसकाे फ्रन्टमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ। याे फाेनबाट १०८०पी (३० एफपिएस) क्वालिटिसम्मकाे भिडियाे खिच्न सकिन्छ।
ब्याट्री तथा सेन्सर
याे स्मार्टफाेन ५००० एमएएच (5,000mAh) काे ब्याट्री राखिएको छ। यसलाइ टाइप-सी पोर्ट बाट चार्ज गर्न सकिन्छ। याे स्मार्टफाेनकाे दाहिने भागकाे भ्याेल्यूम रकर (volume rocker- भ्याेल्यूम बढाउने तथा घटाउने) बटन भन्दा तल भागमा फिंगरप्रिन्ट सेन्सर दिइएकाे छ, जसले फोनको सेक्यूरीटि सिस्टमलाई अझ बढी बलियो बनाएको छ। याे बाहेक यसमा फेस अनलक, एक्सेलेरोमीटर (accelerometer), जाइरोस्कोप (gyroscope), प्राेक्सीमिटि (proximity sensor) सेन्सर जस्ता फिचरहरू समावेश गरिएकाे छ।
स्टोरेज र कलर अप्शन
नेपालमा ओप्पो ए१६, ३ जीबी र्याम+३२जीबी स्टोरेज भेरिएन्टमा क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यु र स्पेस सिल्भर गरी तीन कलरमा लन्च गरेकाे छ। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट २५६ जीबी सम्म बढान सकिने छ।
अन्य फिचर्स
याे फाेनमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
मूल्य
नेपाली बजारमा यो फोनको मूल्य १८ हजार ९९० रूपैयाँ तोकिएको छ।