उत्तर प्रदेशको मथुरामा एक शिक्षकको कुटाईबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
मथुराको थाना बलदेव क्षेत्रको राडोई गाउँमा १२ बर्षीय शिवमलाई ट्यूशन पढाउने एक शिक्षकले कुटपिट गरेका थिए ।
त्यसपछि विद्यार्थीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले अभियुक्त शिक्षक केशवलाई पक्राउ गरेको छ ।
विद्यार्थीको मृत्युपछि परिवारका सदस्यहरु आक्रोशमा छन् र अपराधीलाई कडा कारबाही गर्न माग गरीरहेका छन् ।