पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार चीनको प्रशंसा गरेका छन् ।
चीनको प्रशंसा गर्दै उनले विकासशील देशहरुका लागि गरिबी निवारण गर्ने विषयमा चीन रोल मोडल बनेको बताएका छन् ।
इमरान खानले शुक्रबार भनेका छन्, ‘चीनको छिटो प्रगतिका कारण पछिल्लो चार दशकमा ८० करोड मानिसहरुलाई गरिबीबाट बाहिर निकालिएको छ ।’
अर्कोतर्फ, पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले भनेका छन्, ‘अफगान तालिबानमाथि पाकिस्तानको प्रभाव छ तर नियन्त्रण छैन । अफगानिस्तानको स्थिती यति नराम्रो पनि छैन कि मानिसहरु देश छोडेर भागुन् । अफगानिस्तानबाट शरणार्थीहरु अझै पाकिस्तान आएनन् । पाकिस्तान अफगानिस्तानमा स्थितरा चाहन्छ ।’
चौधरीले पाकिस्तान काबुल विमानस्थल पुन सुचारु गर्न खोजिरहेको बताए । चौधरीले भने, ‘पाकिस्तानमा अफगानिस्तानका ३५ लाख शरणार्थी छन् ।’
तालिबानले पनि चीनको प्रशंसा गरेको छ । तालिबानले अफगानिस्तानको पुननिर्माणमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।