नेपाली गीत–संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा आवाज दिएकी छन्। ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीतमा गायिका स्मितालाई शबाब सावरीले साथ दिएका छन्।
केआर वाहीको शब्द रहेको यस गीतमा शबाब सावरीले संगीत दिएका छन्। गीतको भिडियोमा गायिका स्मिताको साथमा भारतीय अभिनेता अर्जुन बिज्लानी फिचर्ड छन् । गीतको भिडियोलाई राजिव एस रुइयाले निर्देशन गरेका हुन्।