काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।
अस्वस्थ भएपछि ओलीले औपचारिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् ।
ओलीको सचिवालयका अनुसार उनलाई हल्का ज्वरो आएको छ ।
शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, अस्वस्थ्य भएपछि उक्त कार्यक्रममा ओली अनुपस्थित हुने भएका छन् ।