नेकपा एमाले उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
शनिबार अछाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले १० बुँदे सहमति जुटाउन ठूलो कसरत गर्नुपरेकोले त्यसको अक्षरशः कार्यान्वयनमा जोड दिए ।
१० बुँदे सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालकै सहमतिमा बनेको भएपनि त्यसलाई नेता नेपालले अस्वीकार गर्नु गल्ती भएको नेता रावलले बताए ।
एमसीसीतर्फ संकेत गर्दै उनले देशको प्रतिकुल हुने सहयोग लिन नहुने बताए । नेपालको स्वाधिनताको विरुद्धमा हुने कुनै पनि सहयोग देशले स्वीकार गर्न नहुने उनले सुझाव दिए ।