नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौं महानगर स्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।
कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसी सम्झौता गरेको र त्यस विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी के गर्ने विषयमा बोल्नुपर्ने ओलीले बताए । तर देउवा र प्रचण्ड एमसीसीबारे नबोलेको भन्दै ओलीले आपत्ति जनाए ।
उनले भने, ‘एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’