सरकारले संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो ४ बजे दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको छ ।