भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था लागू हुने भएको छ ।
नयाँ व्यवस्थाअनुसार वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा हटाउन लागिएको छ ।
न्याशनल इलेकट्रोनिक फन्ड्स ट्रान्स्फर (एनईएफटी) मार्फत् नेपाल–भारत विप्रेषण अर्थात् रेमिट्यान्स कारोबार हुँदै आएको छ ।
उक्त नियम अनुसार एनईएफटी आबद्ध बैङ्कहरूमा खाता भएका व्यक्तिले वार्षिक १२ पटकसम्म रेमिट्यान्स पठाउन सक्ने पाउने प्रावधान थियो । त्यस्तै एक पटकमा अधिकतम ५० हजार भारु मात्र पठाउन पाइने व्यवस्था थियो । अब भने उक्त व्यवस्था खारेज हुँदैछ ।
रिजर्भ बैङ्क अफ इन्डिया (आरबीआई) का अनुसार अब प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने व्यवस्था लागू हुँदैछ ।
नयाँ व्यवस्था आउँदो अक्टोबर १ बाट लागू हुने जनाइएको छ ।
नगद कारोबार गर्ने तथा भारतीय बैङ्कमा खाता नहुने ग्राहकहरूको हकमा भने साबिककै नियम कायम रहने जनाइएको छ ।