आइतबार शेयर ५ प्रतिशतले घटेको छ ।
बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अङ्क अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ ।
आज कारोबार भएका दुई सय १५ वटा कम्पनीमध्ये सनराइज बैंक डीबेञ्जर, सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, नविल सम्बृद्धि फण्ड र सिटिजन म्युचुअल फण्डबाहेक सबै कम्पनीको शेयर घटेको छ ।
बजार बन्द हुनुअघि ४० वटा कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।