पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ ।
बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो ।
एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ ।