आयरल्याण्डकी २९ वर्षीया महिलामाथि कुकुरसँग यौन सम्बन्ध राखेको आरोप लगाइएको छ ।
सरकारी वकिलले रोटवेइल कुुकुरसँग यौन सम्बन्ध राखेको आरोपमा एक महिलाविरुद्ध उजुरी दर्ता गराएको बताइएको छ । द सन न्यूजका अनुसार ती महिलालाई डिसेम्बर २०१९ मा आफनो घरमा मिश्रित नस्लको कुुकुर रोटवेइलर कुुकुरसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोप लगाइएको छ । यस मुद्दामा अदालतमा सुुनुवाई चलिरहेको छ ।
डबलिनमा सेप्टेम्बर ३ मा भएको सुनुवाइको क्रममा न्यायाधीश ट्रिसा केलीलाई सरकारी वकिलले ती महिलाविरुद्ध प्रमाणहरु जुटाइसकेको दाबी गरेका छन् । उनीहरू प्रमाण अदालतमा पेश गर्न तयार छन् ।
तर, अभियुक्त महिलाको वकिलले अदालत समक्ष केही समयको माग गरेपछि अदालतले यस महिनाको अन्त्यसम्मका लागि मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
साथै, उनलाई अर्को सुनुवाइमा उपस्थित हुुन आदेश दिएको छ । आरोपी महिलाको अर्को सुनुवाइमा उसको विपक्षले प्रमाण पेश गर्ने छन् जसको आधारमा उनलाई सजाय हुनेछ ।