नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल सुरु भएको छ ।
खेल आइतबार साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो ।
आज दुबै टोली जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा बिहीबार दुबै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । नेपालका अन्जन बिष्टले भारतीय डिफेण्डर र गोलरक्षक गूरप्रीत सिंह सन्धुबीचको समन्वय अभावको फाइदा लिँदै बल खोसेर खाली पोष्टमा गोल गरेका थिए ।
यता, भारतका अनरिद्ध थापाले गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) ले पन्च गरि क्लियर गर्न नसकेको बललाई गोल लाइन कटाएका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलरक्षक किरणले पन्च गरेका थिए । जुन बल गोल लाइनमा ड्रप हुन नपाउँदै दोस्रो हाफमा मैदान प्रवेश गरेका थापाले बराबरी गोल फर्काएका हुन् ।