सुदूरपश्चिम प्रदेशमा थप तीन एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
आइतबार निर्वाचन कार्यालय पुगेर भौतिक पूर्वाधार तथा योजना मन्त्री दीर्घ सोडारी, सांसद तारालामा तामाङ र प्रकाश रावलले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सासदको संख्या १३ पुगेको छ सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ ।
यस्तै, नेकपा एमालेका दुई जना प्रदेश सभा सदस्यले माधव कुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गरेका छन् ।
एमालेका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेश सभा सदस्य सीता गुरुङले प्रदेश नंं २ को जनकपुरधाम स्थित निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका हुन् ।
पछिल्लो पटक सनाखत गरेका दुई जनासँगै प्रदेश २ मा नवगठित एकीकृत समाजवादी पार्टी एमाले भन्दा बलियो बनेको छ ।
एकीकृत समाजवादी पार्टीमा प्रदेश गर्ने प्रदेश सभाका सदस्यहरूको सङ्ख्या १३ पुगेको छ भने नेकपा एमालेमा ८ जना प्रदेश सभाका सदस्यहरु बाँकी रहेका छन् ।
प्रदेश २ मा नेकपा एमालेका २१ जना प्रदेश सभाका सदस्य रहेका थिए । यसअघि बिहीबार एमालेका ११ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरिसकेका छन् ।