गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भाृत संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गर्ने भएको छ ।
गृह मन्त्रालयको विज्ञप्तीका विरोधमा सोमबार दिउँसो ३ बजे बानेश्वर मिनभवनमा प्रदर्शन गर्न लागिएको अनेरास्ववियूका नेता सुदीप पराजुलीले जानकारी दिए ।
त्यस्तै, अनेरास्ववियूका नेता वासिम आलमले आवश्यकता परेमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि पुत्ला दहन गर्ने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘सत्तामा आफ्नो पार्टी वा दलको समर्थन होस् वा नहोस्, सत्ताको मात्र जयजयकार गरिन्न । रहयो गृह मन्त्रालयको विज्ञप्तिले धम्क्याउने, तर्साउने काम गरे जस्तो देखिन्छ । हामी यस्ता विज्ञप्ति पनि जलाइन्छ । अनेरास्ववियू हो हामी, बालुवाटारको भोज खाएर रमाउने हुल होइन है हजुर !’
जयसिंह धामीको हत्यारालाई कारवाही गर्नुपर्ने र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको भन्दै अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
सम्बन्धित समाचारः मोदीको पुत्ला दहन गर्दा रिसायो देउवा सरकार !