अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गर्दै अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग टेलिफोन गरेका थिए ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले कहाँ–के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिए ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए ।
शेयर लगानीकर्ताहरुले गलत नीति बनाएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा माग गरेका छन् ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ ।