ह्याम्प अस्पतालले उपचारका नाममा चर्को शुल्क असुल गरेको आरोप लागको छ ।
अस्पतालले बिरामी भर्ना गराउँदा नै मञ्जुरीनामा गराउने गरेको छ । जसमा आफ्नो इच्छाले अस्पतालमा उपचार गराउन लागेको, अस्पतालले भनेअनुसारको शुल्क तिर्ने र अस्पतालविरुद्ध कहीँकतै कुनै उजुरी नगर्ने भनेर उल्लेख गरिएको हुन्छ ।
बिरामीको उपचारका लागि आफन्त मञ्जुरीनामा गर्न बाध्य हुन्छन्, अनि सुरु हुन्छ ह्याम्पको लुट ।
ह्याम्स अस्पतालमा भर्ना भएपछि डाक्टरले जति पटक बिरामी हेर्छन्, त्यतिपटक १५ सयको दरले बुझाउनुपर्छ । तर, सरकारी नियमअनुसार डाक्टरले बिरामी हेरेको हप्तामा ८ सय रुपैयाँ लिन पाइन्छ ।
एक बिरामीका आफन्त भन्छन्, ‘ह्याम्स अस्पतालले बिरामीलाई बिरामी छैन, पैसा छाप्ने मेसिन सम्झिन्छ । आवश्यक मात्रै नभएर अनावश्यक परीक्षण गरेर भए पनि बढी बिल बनाउनेतर्फ अस्पतालका कर्मचारी लाग्छन् ।’
उनी ह्याम्स अस्पतालको लुटलाई व्यापारीक लुटको रुपमा अथ्र्याउँछन् ।
स्रोतका अनुसार ह्याम्सले अस्पताल खोलेर गरिने अवैधानिक धन्दामा भन्दा बढी मुनाफा गरिरहेको छ । तर, सरकार भने यस्ता अस्पतालको लुटबारे मौन छ ।