काठमाडौं उपत्यकामा असोज १ गतेबाट विद्यालय सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्लाभित्रका स्थानीय तहहरुबीच सोमबार भएको छलफलमा असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
छलफलमा जिल्ला भित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रकृया अगाडि बढाइएको उनको भनाइ छ ।