आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो ।
आजको बजार दुई हजार ९९०.७८ को विन्दुमा पुगेर बन्द भएको छ । आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार दिन सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन् ।
यस दिन कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ । ५ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।
ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी, हिमालयन पावर, छ्याङ्दी हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, सप्तकोसी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, साङ्ग्रीला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा माइ हाइड्रोपावर, पाँचथर पावर, लुम्बिनी विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, गरिमा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै अरुण भ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, जानाकी फाइनान्स, बेस्ट फाइनान्स, पोखरा फाइनान्स, शिवश्री हाइड्रोपावर, युनिभर्सल पावर, अरुणकाबेली पावर, सानिमा लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, सिइडिबी हाइड्रोपावर, आरएसडिसी लघुवित्त, मन्जुश्री फाइनान्स, बरुण हाइड्रोपावर, बुटवल पावरको मूल्य ९.९ प्रतिशतले बढेको छ ।
सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ताको प्रदर्शनपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएपछि उकालो लागेको हो ।