पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१५ हजार ९७९ नमुना परीक्षण गर्दा १८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । जसमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् ।
सोमबार १७४३ संक्रमित निको भए । हालसम्म ९४.६ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, सोमबार कोरोनाबाट २० संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ जनाको मृत्यु भएको छ ।
हाल ५१२ संक्रमित आईसीयुमा र १६३ संक्रमित भेन्टिलेटरमा उपचाररत् छन् ।
सोमबार काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।