नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै पनि युवा नै रहेको बताएका छन् ।
युवा संघले आयोजना गरेको कार्यक्रममा ओलीले कपाल फुले पनि युवा युवा नै लाग्ने गरेको बताए । उनले भने, ‘भुलचुक कपाल फुलेर मात्रै हो । अझैं पनि म युवा युवा नै लाग्छु ।’
पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले वर्तमान सरकारले अपजस पाउने काम मात्रै गरेको आरोप लगाए ।
ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको भन्दै आलोचना गरे ।