एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु खेलमा बिक्रम सोव चम्किएका छन् ।
मंगलबार नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको मैत्रीपूर्ण एकदिवसीय खेलमा डेब्यु गरेका सोवले महत्वपूर्ण दुई विकेट लिए ।
उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै ओपनर टोनी उरा र चौथो ओभरको अन्तिम बलमा पिएनजीका कप्तान आसाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।
योसँगै उनले इतिहास रचेका छन् बिक्रम नेपालबाट वानडे क्रिकेटमा पहिलो बलमै विकेट लिने पहिलो बलर बनेका छन् ।
विश्व क्रिकेटमा डेब्यू वानडे म्याचमा पहिलो बलमै विकेट लिने सूचीको भने बिक्रम २८औँ स्थानमा छन् । यसअघि २७ बलरले यो प्रारूपमा आफ्नो पहिलो बलमै विकेट लिएका थिए ।
नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु भएको नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको पहिलो मैत्रीपूर्ण एकदिवसीय अहिले चलिरहेको छ ।
नेपालले टस हारेर बलिङ गरिरहेको छ । योस समाचार तयार पर्दासम्म पीएनजीले १४ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।
नेपालका लागि सोवले दुई, सन्दीप लामिछाने र कुशल मल्लले समान एक एक विकेट लिए ।
डेब्यु
नेपालको तर्फबाट कुशल भुर्तेल, आसिफ शेख र सोबले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
घाइते भएका कारण उपकप्तान दिपेंदर सिंह ऐरी र गुल्सन झा अन्तिम एघार मा छैनन् दुवैको खुट्टामा चोट लागेको छ । विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि अन्तिम एघारमा राखिएको छैन । आसिफ शेखले विकेटकिपिंग सम्हाल्नेछन् । यस्तै देब्रे हाते स्पिनर सुशन भारि, पेसर करन केसी र अविनाश बोहरा लाई पनि बाहिर राखिएको छ ।
नेपालको अन्तिम ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, आरिफ शेख, शरद भेसावकर, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ, सोमपाल कामि, सन्दिप लामिछाने, बिक्रम सोब ।
त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ ।