सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको रिटमा सर्वोच्च अदालतलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले ओलीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते दुबै पक्षलाई बोलाएको छ ।
शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेको भन्दै रिट दायर गरेका थिए ।
एमाले विभाजन गरेर नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रिया नमिलेको र कानुन विपरीत रहेको भनेर निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमा भने कारण देखाउ आदेश जारी भएको छ ।