लगातारको वर्षापछि पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेल्ुधरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिए ।