काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालिप्रसाद पराजुलीको सरुवा भएको छ ।
गृह मन्त्रालयले प्रजिअ पराजुलीको मन्त्रालयमा सरुवा गरेको छ ।
पराजुलीको ठाउँमा महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । रिजाल यसअघि मन्त्रालयको प्रशासन महाशाखाका थिए ।
रिजालसँग कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा काम गरिसकेको अनुभव छ ।